आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्वागत नेपालले प्रहरीसमक्ष गरे गल्ती स्वीकार

  • प्रकाशित मिति : सोमवार, माघ १२, २०८२



  • काठमाडौँ । सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने आशयका अभिव्यक्ति दिएका झापा-२ का राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले प्रहरीसमक्ष गल्ती स्वीकार गर्दै माफी मागेका छन् ।

    नेपाल प्रहरीको साइबर ब्युरोले चुनावी प्रचारका क्रममा सार्वजनिक गरिएको सामग्रीले समाजमा भ्रम फैलाउने र हिंसालाई प्रोत्साहन गर्ने देखिएपछि उनलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो । झापा जिल्लाको बिर्तामोड नगरपालिका–७ निवासी ५० वर्षीय नेपालले सामाजिक सञ्जालमा पृथ्वी नारायण शाहको विरोध गर्ने व्यक्तिविरुद्ध शारीरिक हिंसाको संकेत दिने अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

    साइबर ब्युरोका अनुसार सार्वजनिक नैतिकता, शिष्टाचार र प्रचलित कानुन विपरीतका यस्ता अभिव्यक्तिले सामाजिक सद्भावमा नकारात्मक असर पार्ने भएकाले अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । सो क्रममा नेपालले आगामी दिनमा कानुनको सम्मान गर्दै कुनै पनि गलत अर्थ लाग्ने वा उत्तेजक भनाइ नदिने प्रतिबद्धता जनाउँदै लिखित रूपमा क्षमा याचना गरेका छन् ।

    प्रहरी स्रोतका अनुसार उक्त प्रतिबद्धतापछि आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई छाडिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij