आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा

  • प्रकाशित मिति : शुक्रबार, माघ २३, २०८२



  • रौतहट । रौतहट क्षेत्र नम्बर २ मा बिहीबार भएको चार वर्षीया बालिका मृत्यु घटनामा जोडिएका सवारी चालकविरुद्ध ५ दिन म्याद थप भएको छ । बालिकालाई ठक्कर दिने बा १५ च ४२४४ नम्बरका कार चालक परोहा नगरपालिका–३ घर भएका २७ वर्षीय शेख मुस्ताखविरुद्ध पाँच दिनको म्याद थप भएको रौतहट प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी विष्णु प्रदीप बस्यालले अदालतले ५ दिन हिरासत राखेर अनुसन्धान गर्न म्याद लिएको जानकारी दिए । एकातिर बालिकालाई किचेर मारिएको घटना छ भने अर्कातिर उम्मेदवार र उनको पार्टी वक्तब्यबाजीमा ब्यस्त छ्न् ।

    बिहीबार दिउँसो २ बजेतिर रौतहटको इशनाथ नगरपालिका–३ मठिया टोलमा चार वर्षीया बालिका अल्फा खातुनलाई गाडीले किच्दा उनको ज्यान गएको थियो ।

    उक्त कार राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरको नाममा रहेको पाइएको छ । उनकै चुनावी प्रचारमा खटिएका बेला दुर्घटना भएको थियो । घटनापछि स्थानीय आक्रोशित बनेका छ्न् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij