प्रकाशित मिति : सोमवार, माघ २६, २०८२
काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भएका छन्। प्रसाईं गत शुक्रबार दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ परेका थिए।
आज जिल्ला सरकारी वकिल काठमाडौंले आदेशअनुसार प्रसाईंलाई हाजिरी जमानीमा रिहा गरिएको हो।
केन्द्रीय साइबर ब्यूरोले प्रसाईंलाई पक्राउ गरेको थियो। प्रसाईंले ‘पहिला हिन्दू अधिराज्य, अनिमात्रै निर्वाचन’ भन्ने अभिव्यक्ति दिँदै आएका थिए । गत माघ १९ गते चितवनमा उनले राजसंस्था स्थापना नभएसम्म निर्वाचन नहुने अभिव्यक्ति दिएका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij