आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज शनिबार, कस्तो छ तपाईंको राशिफल?

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २, २०८२



  • मेष : दिन राम्रो छ । शिक्षामा गरेको लगानी फाइदा हुनेछ । साथीभाइ दाइना भएकाले व्यापार व्यवसायमा गरेको लगानीले फाइदा हुनेछ । आफन्तलाई बढी विश्वास गर्नाले घाटा हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    वृष : बोलीको प्रभावले राम्रा काम बन्नेछन् । धार्मिक व्यक्तित्वसँग टकराव नगर्नु ठिक हुनेछ । स्वास्थ्यको ख्याल नगर्दा समस्या आउन सक्ने जोखिम छ । विदेशको रमझमले तपाईंको मनलाई आकर्षिक गर्नेछ । प्रेम सम्बन्ध दीर्घकालीन बन्नेछ ।

    मिथुन : आफ्नै बोलीको कारण अप्ठ्यारोमा पर्ने देखिन्छ । बोल्नु अगाडि सोच्नुपर्ने समय छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यले साथ दिएकाले दिन रमाइलो हुनेछ । मनमा उत्साह बढ्नेछ ।

    कर्कट : शत्रु बढ्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ । परिवारको सल्लाह लिएर अघि बढेमा व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा विकल्प देखेर मन शान्त बन्नेछ । स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ ।

    सिंह : आज पठनपाठनमा मन जानेछ । शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ ।परिवारमा रमाइलो घुमघामको योजना बन्नेछ । दुई पाङ्ग्रे सवारीमा उत्तरको लामो यात्रा नगर्नुहोला उचित हुन्छ ।

    कन्या : आज जोगिएर काम गर्नुपर्ने दिन छ । मनमा कुरा खेल्नाले खटपटी हुनेछ । खर्च बढ्ने जोखिम छ । अनुत्पादक क्षेत्रको लगानीबाट बच्नुपर्ने देखिन्छ । प्रेम सम्बन्धमा भने सुधार हुनेछ ।

    तुला : थोरै लगानी भए पनि शिक्षाबाट फाइदा हुनेछ । विपक्षी साथीले पनि तपाईको प्रशंसा गर्नेछन् । बौद्धिक व्यक्तित्वसँगको अन्तरक्रियले मन हलुका हुनेछ । परिवारमा केही खटपटी आउनेछ । दाम्पत्य जीवन भने सुखमय बन्ला ।

    वृश्चिक : शुभ समाचार सुन्नाले मन प्रसन्न हुने छ । विशेष ठाउँमा घुमफिरको योजना तय हुनेछ । व्यापारिक क्षेत्रमा गरेको थोरै लगानीबाट पनि फाइदा हुनेछ । दाम्पत्य जीवन सुखमय बित्नेछ । परीक्षा लेखेको भए नतिजा राम्रो आउनेछ ।

    धनु : स्वास्थ्यले साथ दिने छ । गोपनीयता कायम गर्नुपर्नेछ । दाम्पत्य जीवनमा झगडा हुने दिन छ । शिक्षामा गरेको लगानीबाट तपाईंलाई फाइदा हुने छ । मिहिनेतको फल मिल्नेछ ।

    मकर : संचित धन खर्च हुनेछ । सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ । शिक्षामा गरेको लगानी सामान्य रहेको छ । पढाइमा आलश्य बढ्नेछ । पारिवारिक सुत्रले भने तपाईंको राम्रो रेखदेख गर्नेछन् ।

    कुम्भ : सानातिना कुराले मनमा झन्झट पैदा हुनेछन् । शत्रु बढ्ने देखिन्छ। राज्यको तर्फबाट भयत्रास बढ्नेछ । धार्मिक व्यक्तित्वसँगको भेटले मनमा नयाँ जागर बढ्नेछ । परिवारको साथ मिल्नेछ ।

    मीन : आज खर्च बढ्नेछ । बोल्नुअघि सोच्नु राम्रो हुनेछ । धार्मिक कार्यमा मन जानेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट केही उत्साह थपिनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । प्रेम सम्बन्धमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij