प्रकाशित मिति : शनिबार, फाल्गुन २, २०८२
काठमाडौँ / आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डे (प्रणय दिवस) । संसारभर फेब्रुअरी १४ लाई भ्यालेन्टाइन्स डेका रूपमा मनाइँदै आइएको छ । गत शनिबार ‘रोज डे’ मनाउँदै सुरु भएको प्रणय दिवस यो शनिबार सकिँदै छ । यो सप्ताहभर ४ लाख ५० हजार स्टिक गुलाब खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपालको अनुमान छ ।
सप्ताहभर गुलाबको माग हुने भएकाले यस पटक उपत्यकामा २ लाख ७० हजार स्टिक र बाहिरका जिल्लामा १ लाख ८० हजार स्टिक गुलाब खपत हुने एसोसिएसनले जनाएको छ । ‘यस वर्षको प्रणय दिवस सप्ताहभर ४ लाख ५० हजार स्टिक गुलाब फूलको माग छ,’ एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘बजार मागको करिब ३० प्रतिशत मात्र आन्तरिक उत्पादनबाट परिपूर्ति हुने अनुमान छ, ७० प्रतिशत अपुग हुनेछ ।’
जाडोयाममा गुलाबको उत्पादन कम हुने हुँदा बजार मागको करिब ३० प्रतिशत मात्रै आन्तरिक उत्पादनबाट परिपूर्ति गरिएको एसोसिएसनका महासचिव हीरामणि शर्माले बताए । सरकारले गुलाब आयातमा ‘क्राइटेरिया’ राखेकाले औपचारिक रूपमा गुलाब आयात गर्न नसकिने शर्माको भनाइ छ । ‘औपचारिक रूपमा आयात हुने अवस्था छैन, व्यापारीले अनौपचारिक तवरबाट गुलाब भित्र्याउन सक्छन्,’ उनले भने, ‘फेब्रुअरी १४ मै बढी गुलाब खपत हुन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij