आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

झापामा तीन अस्थायी मतदान केन्द्र, छ हजार बढी अस्थायी मतदाता

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १९, २०८२



  • काठमाडौं । पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

    जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले झापा कारागार, कर्मचारी मिलन केन्द्र चन्द्रगढीको भवन र दमक नगरपालिकाको कार्यालयमा अस्थायी मतदान केन्द्र रहेको जानकारी दिए। उनले जिल्लामा छ हजार ३८० अस्थायी मतदाता रहेको बताए। जसमध्ये कारागारमा १०७ जनाले कर्मचारी मिलन केन्द्रमा ५५६ जनाले र दमक नगरपालिकाको कार्यालयमा ३१५ जना अस्थायी मतदाताले मतदान गर्ने जनाइएको छ।

    उनका अनुसार कारागारका कैदीबन्दी, मतदान केन्द्रमा नखटिएका सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारका कर्मचारी, सुरक्षाकर्मीले ती तीन वटा अस्थायी मतदान केन्द्रबाट समानुपातिकतर्फ मतदान गर्ने छन्।

    झापामा सात लाख १३ हजार ५३७ मतदाता, ८१५ मतदान केन्द्र र २८५ मतदानस्थल रहेका छन्। यहाँ ८१५ मतदान अधिकृतसहित चार हजार ९३६ जना कर्मचारी खटाइएको छ। निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन जिल्लाका २८५ वटै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र कर्मचारीहरू धमाधम आज बिहानैदेखि कार्यक्षेत्रमा खटाउने क्रम सुरु भएको कार्यालयले जनाएको छ।

    यहाँ निर्वाचनलाई समावेशी र उत्साहजनक बनाउन यसपटक मेची रङ्गशालामा रहेका तीनवटा मतदान केन्द्रको पूर्ण नेतृत्व महिला कर्मचारीलाई प्रदान गरिएको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij