आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डराएर वा धम्काएर न्याय सम्पादन हुन सक्दैन: सपना मल्ल

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २६, २०८२



  • काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले न्याय सम्पादन कुनै पनि प्रकारको डर, त्रास वा धम्कीको छायामा हुन नसक्ने बताएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवस तथा महिला न्यायाधीश दिवसका अवसरमा सर्वोच्च अदालतद्वारा सोमबार आयोजित विशेष कार्यक्रममा बोल्दै उनले न्यायिक स्वतन्त्रता र निडरताको महत्त्वमा जोड दिएकी हुन्।

    “कुनै पनि भीडबाट धम्क्याएर न्याय दिन सकिँदैन,” वरिष्ठतम् न्यायाधीश मल्लले भनिन्, “सुशासन न्यायालयको आत्मा हो र संवैधानिक लोकतन्त्रको अभ्यास गर्ने निकाय हो। सुशासनको स्थापना न्यायिक स्वतन्त्रता, निष्पक्षता र निडरताबाट मात्र सम्भव छ।” उनले संविधानले नै स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरेको उल्लेख गर्दै न्यायिक स्वतन्त्रतामा कुनै पनि हालतमा सम्झौता हुन नसक्ने स्पष्ट पारिन्।

    महिलाको अवस्था र सहभागिताबारे चर्चा गर्दै उनले महिला अघि बढे मात्र राष्ट्र अघि बढ्ने धारणा राखिन्। समाज बदलिए पनि अझै राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा लैङ्गिक खाडल कायमै रहेको र महिलाले अन्यायको फरक महसुस गरिरहेकाले महिला दिवस मनाउनुपर्ने आवश्यकता अझै रहेको उनको भनाइ थियो।

    कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सारङ्गा सुवेदीले महिलाहरूले अझै पनि पाइला-पाइलामा आफ्नो क्षमताको परीक्षा दिनुपर्ने अवस्था रहेको बताउँदै एकअर्काको क्षमतामा विश्वास गरेर परिणाममुखी काम गर्नुपर्नेमा जोड दिइन्। यस्तै, महान्यायाधिवक्ता सविता भण्डारी बरालले महिलाहरूले नेतृत्व क्षमता बढाउँदै न्याय, समानता र समावेशिताको क्षेत्रमा सक्रिय हुनुपर्ने बताइन्।

    नेपाल बार एसोसिएसनका उपाध्यक्ष सरस्वती श्रेष्ठले पनि महिला सशक्तीकरण र अर्थपूर्ण सहभागिताको आवश्यकता औँल्याउँदै महिलाहरूले हरेक क्षेत्रमा आफूलाई अब्बल सावित गर्दै आएको बताइन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij