शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २९, २०८२



  • मेष : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । विपक्षी शान्त भएकाले काममा अवरोध नहुने दिन छ । तर रोग बढ्ने जोखिम छ । बौद्धिक क्षेत्रका अभियान्तासँगको भेटले मन खुशी हुनेछ ।

    वृष : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । तर्क गर्दा घाटा हुने दिन छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको श्रमबाट फाइदा हुनेछ । परिवारमा विश्वास घात हुने जोखिम रहेको छ । प्रेम सम्बन्धमा खटपटी हुनेछ ।

    मिथुन : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । लगानीका क्षेत्र सबल छन् । व्यापारमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ । व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

    कर्कट : अनुत्पादक क्षेत्रमा धन खर्च हुनेछ । साथीलाई गोप्य कुरा सुनाएमा तपाईंमाथि आक्रमण हुनेछ । धार्मिक कार्यक्रममा सहभागी भएमा मन शान्त हुनेछ । गुरुसँगको साक्षात्कारले फाइदा हुने योग छ ।

    सिंह : दिन राम्रो छ । आफ्नै राशिमा चन्द्रमाले भ्रमण गर्दैछन् । वैदेशिक रमझमले मन आकर्षित गर्नेछ । कुनै कामको सुरुवात गरेको भए सफलता मिल्नेछ । स्वास्थ्यको पर्खाइमा भए लाभ मिल्नेछ । शिक्षाको क्षेत्रमा लगानी भएमा फाइदा हुनेछ।

    कन्या : दिन सामान्य छ । आफ्नै बोलीका कारण अप्ठेरोमा पर्ने दिन छ । दाजुभाइको सहयोग लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । परिवारको सल्लाह लिएर गरेको कामबाट नाम र दाम दुवै मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

    तुला : अनुत्पादक क्षेत्रको लगानीले मन दुःखी हुनसक्छ । परिवारले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ ।

    वृश्चिक : महत्त्वपूर्ण अवसर प्राप्त हुने भएकाले आजको दिनको सदुपयोग गर्नुपर्ने छ । साथीभाइले साथ दिएको मौकामा आफ्नो काम गरेमा फाइदा हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

    धनु : सानो कुराले मन अशान्त बन्नेछ । एकल लगानीमा अगाडि बढ्नु भन्दा संयुक्त लगानीबाट फाइदा हुने देखिन्छ । कर्म गर्दा स्वास्थ्यले साथ दिनेछ । परिवारमा रमाइलो गर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    मकर : सञ्चित धन खर्च हुने जोखिम छ । साथीभाइको साथले सोचेको काम बन्नेछ । शिक्षाको क्षेत्रमा अल्छीपन बढ्ने भएकाले परीक्षाको तयारीमा भए सचेत बन्नुपर्नेछ । साथीलाई विश्वास गरेमा व्यापारमा फाइदा हुने दिन छ ।

    कुम्भ : मन शान्त बनाउन र व्यवहार सहज बनाउन बिहानै शिवको भजन सुन्दा राम्रो हुनेछ । अरुको चिन्ता लिनु भन्दा आफू थोरै बोलेर अगाडि बढ्नु राम्रो हुने दिन छ ।

    मीन : दिन सामान्य छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बौद्धिक क्षेत्रमा गरेको श्रमले नाम र दाम दुवै प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij