मङ्लबार, साउन १९, २०८३ | Tuesday 4th August 2026

आज तेल लगाउने र नीमको पात खाने दिन

  • प्रकाशित मिति : बिहिबार, चैत्र ५, २०८२



  • काठमाडौं। आज औषधीय गुण भएको नीमको पात खाने र शरीरमा तेल लगाउने दिन रहेकाे छ। परम्परागत मान्यता बोकेको उक्त दिन आज परेको छ।

    तितो अमृतका रूपमा लिने गरिएको नीमको पातलाई प्रत्येक वर्ष नयाँ साल सुरु हुनुअघि खाने चलन छ। आगामी मिठासको पर्खाइका लागि विगतका तितोपनालाई नीमको पातसँगै चपाउने गरिन्छ भन्ने मान्यता छ।

    नीमको पातलाई नैरोग्यको प्रतिकका रूपमा पनि लिने गरिन्छ। नीम प्राचिनकालदेखि नै आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुँदै आएको वनस्पति हो।

    यसरी नीमको पात चपाउने र तेल लगाउने गर्दा हाम्रो शरीरको भित्री र बाहिरी भाग स्वास्थ्यकर हुने प्रमाणित मान्यता छ। नीमको पात खानाले पेटका रोग हरण हुने र तेल लगाउनाले शरीर थप मजबुत तथा मुलायम हुने विश्वास छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij