शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आजको राशिफल

  • प्रकाशित मिति : बिहिबार, चैत्र ५, २०८२



  • मेष : सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। सहकार्य गर्दै गरेका साथीबाटै असहयोग हुने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानी भने फलदायी बन्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।

    वृष : दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नुपर्ने दिन छ। उपचारकोक्रममा भए स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। साथीभाइसँग गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

    मिथुन : धार्मिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। राज्यको माथिल्लो तहबाट सेवाको अवसर मिल्नेछ।

    कर्कट : साथीभाइले असहयोग गर्नेछन्। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। सहकर्मीसँगको सल्लाह अनुसार अगाडि बढ्नु उचित हुनेछ। रोगले सताउने सम्भावना भएकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिन बिताउनु राम्रो हुनेछ।

    सिंह: सञ्चित धन जम्मा गर्ने दिन छ। दाजुभाइसँग गरेको सहकार्यले मनमा हौसला बढ्नेछ। विपक्षी शान्त भएकाले तपाईंको काम बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ।

    कन्या : खर्च बढ्नेछ। मनमा कुनै कुराले तनाव बढाउनेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ। तर परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ ।

    तुला : शिक्षामा गरेको लगानीबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ। पुराना रोगले सताउने जोखिम छ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने समय छ। धार्मिक व्यक्तिसँग बोल्दा नम्रताको खाँचो देखिन्छ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

    वृश्चिक : सोचेको काममा अवरोध हुनसक्छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। व्यक्तिगत क्षमता बढ्नेछ। रोगबाट जोगिनु पर्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ।

    धनु : दिन सहज छ। साथीभाइले तपाईंको प्रशंसा गर्नेछन्। स्वदेशमा भन्दा वैदेशिक क्षेत्रमा लगानी बढ्नेछ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। दाम्पत्य जीवनमा भने खटपटी हुनेछ।

    मकर : आलोचना गर्नेहरु पनि प्रशंसा गर्न थाल्नेछन्। शुभ ग्रहले साथ दिएकाले निष्पक्ष निर्णयबाट पछाडि नहट्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारमा भने शंका बढ्नेछ।

    कुम्भ : धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। बौद्धिक ज्ञान प्राप्त हुनेछ। बोल्दा नम्र बन्नुपर्नेछ। शिक्षाको लगानीमा मेहनतको आवश्यकता देखिन्छ।

    मीन : रोगले सताउने छ। व्यक्तित्वमा निखार ल्याउन कर्मनिष्ठ बन्नुपर्ने दिन छ। बन्धुसँगको सहकार्यबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij