आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व संकलन

  • प्रकाशित मिति : बिहिबार, चैत्र ५, २०८२



  • भद्रपुर, झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व संकलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो ।

    कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको फागुन मसान्तसम्म रु १२ अर्ब पाँच करोड ५८ लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । उनका अनुसार फागुन महिनामा मात्रै रु एक अर्ब ६५ करोड ८० लाख चार हजार राजस्व संकलन भएको छ । यो उक्त महिनाका लागि निर्धारण गरिएको लक्ष्यको ११० दशमलव २६ प्रतिशत हो ।

    चालु आवको आठ महिनामा भन्सार महसुल शीर्षकमा रु चार अर्ब ८९ करोड ३३ लाख, भन्सार महसुल निर्यात शीर्षकमा रु २२ करोड १७ लाख, भन्सारसम्बन्धी अन्य आय शीर्षकमा रु ६३ लाख ६४ हजार, निर्यात सेवा शुल्क शीर्षकमा रु छ लाख २९ हजार, कृषि सुधार शुल्क शीर्षकमा रु १० करोड ९६ लाख राजस्व संकलन भएको छ ।

    यसैगरी, अन्त:शुल्क आयात शीर्षकमा रु २९ करोड ४२ लाख २४ हजार, सडक मर्मत तथा सुधार दस्तुर शीर्षकमा रु ३९ करोड २३ लाख ८४ हजार, पूर्वाधार कर शीर्षकमा रु एक अर्ब २२ करोड १२ लाख ८० हजार, स्वास्थ्य जोखिम कर वैदेशिक उत्पादन शीर्षकमा एक लाख २१ हजार, मूल्य अभिवृद्धि कर ९आयात० शीर्षकमा रु चार अर्ब २० करोड १८ लाख ८७ हजार र हरित कर शीर्षकमा रु १३ करोड २३ लाख ५४ हजार राजस्व संकलन भएको छ ।

    कार्यालयले चालु आव २०८२/०८३ का लागि कूल रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व संकलनलन गर्ने वार्षिक लक्ष्य राखिएको सूचना अधिकारी हुमागाईले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij