आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाल्पाका गढी र किल्लामा १६१ किलोमिटर पदयात्राको तयारीमा नेपाली सेना

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १०, २०८२



  • पाल्पा / पाल्पाका गढी तथा किल्लाहरूमा नेपाली सेनाले १६१ किलोमिटर पदयात्राको तयारी गरेको छ । रामपुर नगरपालिकाको केलादी घाटबाट सुरु भएर पूर्वखोलाको वाकुमगढी, हात्तीलुङको माथागढी, तानसेन नगरपालिकाको प्रवास (तानसेन) र तिनाउ गाउँपालिकाको जितगढी (नुवाकोट पाल्पा) सम्म नेपाली सेनाले यस वर्ष पनि पदयात्रा गर्न लागेको हो ।

    दि फेमस महीन्द्र दल गणका प्रमुख शान्तकुमार थापाका अनुसार पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेको पदमार्ग पहिचान गर्न चौथो पटक पदयात्रा आयोजना गरिएको हो ।

    पदयात्रा वैशाख २ गतेदेखि ७ गतेसम्म हुनेछ । एकीकरण पदयात्रामा रामपुर नगरपालिकास्थित केलादी घाटबाट सुरु भएर नुवाकोट (तिनाउ, पाल्पा) मा पुगेर सकिनेछ । चैत २७ गते गोरखाबाट ‘ऐतिहासिक गोरखा-जितगढी’ पदयात्राका लागि सेनाको टोलीप्रस्थान गर्नेछ ।

    सोही टोलीलाई रामपुर नगरपालिका केलादीघाटमा स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि पाल्पाको दि फेमस महीन्द्र दल गणले जिल्लाका गढी तथा किल्लामा पदयात्रा गर्ने सेनाली डिलबहादुर राना मगरले बताए । पदयात्रा वैशाख ७ गते रुपन्देहीको जितगढीमा पुगेर सकिनेछ । टोलीमा ५३ जना रहनेछन् । स्थानीय बासिन्दा, जनप्रतिनिधि, विद्यालयका विद्यार्थी, टोल विकास संस्थाका प्रतिनिधिले ठाउँठाउँमा स्वागत तथा बिदाइ गर्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij