प्रकाशित मिति : बुधबार, चैत्र ११, २०८२
कायर भनेपछि सान्तकुमार ओलिको प्रतिक्रिया :
२०५६ \५७ सालतिर देशभरि युद्ध चलिरहेको थियो कतिपय कायरहरू डरले दाङ काठमाडौँतिर भागिसकेका थिए भने कतिपय अहिले मलाई कायर भन्नेहरु जन्मिएका पनि थिएनन् वा राजनीतिक अस्तित्वमा नै थिएनन्।
तर मैले लिबाङमा बसेर पार्टी कार्यालय बनाउँदै थिए र जुन पार्टी कार्यालयमा अहिले नेकपा एमालेको जिल्ला कमिटीको बैठकहरु बसिरहेको छ र हरेक पार्टीका गतिविधिहरु भइरहेका छन् सही संकट त्यो बेलामा थियो र पार्टी बचाउन पर्ने बेला त्यसबेला थियो बचाइयो पनि जुन वर्तमान सङ्कट भनिएको छ चुनाव हार्नुलाई त्यो संकट मैले लिएको होइन त्यो संकट नेतृत्वले लिएको हो।
त्यसमा सबै नेता कार्यकर्ता स्पष्ट हुँदा नै सबैको हितमा हुन्छ। पार्टीका हरेक तहका पदाधिकारी अर्थात् प्रमुखको पदावधि २ कार्यकाल हुने उमेरह द ७० वर्षको हुने त्यो मैले लिएको होइन त्यो नेतृत्वले लिएको हो र आफ्नो अनुकूलतामा नहुने बेलामा त्यसलाई अन्त्य गर्न पनि नेतृत्वले नै हामीलाई ताली बजाउन बाध्य बनाइएको हो विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने त्यही नेतृत्व हो र फेरि पनि अध्यक्ष उठ्ने चर्चा भएपछि पार्टी सदस्यबाट हटाउने र अध्यक्ष उठ्न मिल्दैन राजनीति गर्न मिल्दैन भन्ने र स्यालहुइया मच्चाउने पनि त्यही नेतृत्व हो।
रवि लामिछानेलाई सहकारी ठग हो भनेर भन्न लगाउने प्रचार गर्ने पनि त्यही नेतृत्व र गृहमन्त्री बनाएर सत्तामा लगेर सत्ताको स्वाद चाखन रविलाई पर्खर युवा र जुझारु नेतृत्व भनेर हाइलाइट गर्ने पनि यही नेतृत्व हो। काङ्ग्रेसलाई यथास्थितिवादी दक्षिणपन्थी भनेर प्रचार गर्न लगाउने र लड्न भिड्न तलका कार्यकर्तालाई लगाउने पनि यही नेतृत्व हो र अवसर पाउँदा सत्तामा जानका लागि हामी लोकतान्त्रिक पार्टी संविधान संरक्षणको लागि देश जोगाउनका लागि मिलेका छौ। भनेर कुप्रचार गर्दै हिँड्ने पनि यही नेतृत्व हो। माओवादीलाई अग्रवामपन्थी अतिवादी र बर्बरतावादी हत्या हिंसामा लम्पट भएको पार्टी भनेर हामीलाई लड्न भिन्न लगाउने पनि यही नेतृत्व हो र अवसर र सत्तामा गइसकेपछि नेतृत्वले पार्टी एकीकरण गरिसकेपछि हामी दुईटा पाइलट हौं विमान सहजै चलाउँछौ भनेर जनतालाई उल्लु बनाउने पनि यही नेतृत्व होइन र प्रधानमन्त्रीको कुर्सी र पार्टी अध्यक्ष दुवै आफै हुनका लागि एकले अर्कालाई आक्षेप गर्ने पनि यही नेतृत्व होइन र यस्ता अनगिन्ती समस्या नेतृत्वले ल्याउने नेताहरुले ल्याउने अनि संकट भएको बेला पार्टी छोड्ने कायर शान्तकुमार ओली हो भनेर फेरि उल्टै जनता र कार्यकर्तालाई ढाँट्ने कहिलेसम्म चल्छ यसरी। त्यसो भएको हुनाले अर्कालाई अल्गोरिदमको भाषामा आरोप लगाएर सधैंभरि अगाडि बढ्ने विज्ञापन अब चल्दैन होला। मैले छोडेर पार्टी बिगारेर ऋण छोडेको छैन त्रिवेणी पालिकामा अहिले पनि बहुमत बनाएर मात्र मैले पार्टी छोडेको छु।
आफ्नो वडामा ४० भोट ५० भोट ल्याउने साथीहरुले अर्कालाई धेरै आरोप लगाउँदा त्यति सान्दर्भिक हुँदैन कि यसलाई त्यही ढंगले सत्य तथ्यलाई ग्रहण गरौं आरोप प्रत्यारोप लगाएर नेता बन्ने कोसिस त्यो पुरानै कम्युनिष्टहरूको रोग हो। त्यसबाट अलग हुन सबैमा अपिल गर्दछु।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij