शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७५ वर्ष पुर्‍याउने प्रस्ताव

  • प्रकाशित मिति : आइतवार, चैत्र १५, २०८२



  • काठमाडौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने न्यूनतम उमेर थप वृद्धि गर्ने प्रस्ताव अघि सारिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द बहादुर कार्कीको संयोजकत्वमा तयार गरिएको ‘सुशासन मार्गचित्र, २०८२’ मा यस्तो सिफारिस गरिएको हो।

    उक्त मार्गचित्रले हाल कायम गरिएको उमेर सीमालाई पुनरावलोकन गर्दै भत्ता पाउने उमेर ७५ वर्षसम्म पुर्‍याउन सुझाव दिएको छ। यसअघि सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत उक्त सीमा ७० वर्ष निर्धारण गरेको थियो।

    २०७९ सालको निर्वाचनअघि पनि भत्ता वितरणको उमेर ७० वर्ष नै कायम थियो। तर त्यसअवधिमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उमेर घटाएर ६८ वर्षमै भत्ता उपलब्ध गराउने व्यवस्था गरेको थियो।

    सामाजिक सुरक्षा भत्तामा राज्यको दायित्व क्रमशः बढ्दै गएको सन्दर्भमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले यसअघि नै उमेर सीमा बढाउन सुझाव दिएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij