शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

रौतहटका पत्रकार मिश्रमाथि आजपाबाट सामाजिक संजालमा दुर्व्यवहार

  • प्रकाशित मिति : सोमवार, चैत्र १६, २०८२



  • रौतहट । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, मधेस प्रदेश र रौतहट समितिले पत्रकारमाथि सामाजिक सञ्जालमार्फत गरिएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    महासंघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार रातोपाटी डटकमका रौतहट संवाददाता सञ्जय मिश्रमाथि सामाजिक सञ्जाल फेसबुकमार्फत अपशब्द प्रयोग गर्दै मानमर्दन गरिएको घटनाको कडा शब्दमा निन्दा गरिएको छ।

    “आई सपोर्ट प्रभु” नामक फेसबुक आईडीबाट गरिएको उक्त व्यवहारले पत्रकारको पेशागत मर्यादा र प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको  महासंघको ठहर छ ।

    समाचारप्रति असहमति भए कानूनी प्रक्रिया अपनाउन सकिने व्यवस्था हुँदाहुँदै सामाजिक सञ्जालमार्फत गालीगलौज गर्नु निन्दनीय र अस्वीकार्य कार्य भएको भन्दै नेपाल सरकारले प्रेस स्वतन्त्रताको ज्ञारेन्टी गर्दै दोषीमाथि कारबाही गर्न विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

    महासंघले सम्बन्धित निकायलाई घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि तत्काल कानूनी कारबाही गर्न माग गरेको छ । साथै पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij