शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १७, २०८२



  • काठमाडौँ । काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। जेन-जी आन्दोलन जाँचबुझ आयोगको सिफारिसअनुसार अनुसन्धान गर्न अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। रिजाललाई आज बिहान सुविधानगरस्थित निवासबाटै पक्राउ गरिएको छ।

    उनी जेन-जी आन्दोलनका बेला काठमाडौँका प्रमुख जिल्ला अधिकारी थिए र तत्कालीन गृहमन्त्री रमेश लेखकको कार्यकालमा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए।

    जेन-जी आन्दोलन जाँचबुझ आयोगको सिफारिसअनुसार नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ परिसकेका छन् ।

    साथै रिजालमाथि कर्मचारीलाई अध्यागमन तथा आकर्षक कार्यालयहरूमा सरुवा गर्दा पेशागत आचरणविपरीत काम गरेको आरोप पनि छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पेश गरेको विवरणअनुसार गृह मन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।

    रिजालसँगै गृहमन्त्री लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी तथा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई पनि अनुसन्धानको दायरामा छन्।

    हाल रिजाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij