शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

आज बुधबार, कस्तो छ तपाईंको राशिफल?

  • प्रकाशित मिति : बुधबार, चैत्र १८, २०८२



  • मेष : विवादमा फस्ने जोखिम छ। सञ्चित धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। एकल भन्दा सहकर्मीसँगको सहकार्यमा अगाडि बढेमा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    वृष : दिन राम्रो छ। मन खुशी हुनेछ। आगामी दिनका लागि योजना बन्नेछ। वैदेशिक रोजगारी र व्यापारमा नाफा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा खर्च बढ्नेछ।

    मिथुन : आम्दानीका दृष्टिले दिन राम्रो छ। अरुको परोपकार गर्दा आफ्नो काम ओझेलमा पर्नेछन्। धार्मिक कार्यमा मन जानेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

    कर्कट : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परिवारको साथमा रमाइलो गरेर दिन बित्नेछ। स्वास्थ्यमा सुधार हुँदा शरीरमा फुर्ती बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

    सिंह : आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। साथीले असहयोग गर्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    कन्या : दिन राम्रो छ। आफन्तको भन्दा विपक्षीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमको मुल्याङ्कन हुने दिन छ। परिवारको सहयोग लिएर अगाडि बढेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    तुला : मन अशान्त बन्नेछ। श्रम तपाईंले गरे पनि फाइदा लिने अरुनै हुने छन्। स्वास्थ्यमा सुधारको योग छ। विपक्षी साथी सक्रिय रहेकाले सचेत भएर हिँड्नुपर्ने दिन छ।

    वृश्चिक : शुभ खबरमा मन प्रशन्न हुनेछ । शिक्षाको लगानीबाट फाइदा हुनेछ। मिहिनेतको फल प्राप्त गर्न धैर्य बन्नुपर्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

    धनु : धन लाभ हुने योग छ । लगानीका क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

    मकर : अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने समय आएको छ। स्वास्थ्यमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। मिहिनेतको फल मिल्नेछ ।

    कुम्भ : बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। मन अशान्त बन्ने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    मीन : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। नयाँ कुराको सुरुवात हुनेछ। महत्त्वपूर्ण काम बन्नेछ। परिवारको साथमा घुमघामको तय हुनेछ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij