आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

IGP कार्कीको प्रमुख आतिथ्यतामा कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न {फोटो फिचर]

  • प्रकाशित मिति : बुधबार, चैत्र १८, २०८२



  • बिनिता शर्मा,काठमाडौँ।   प्रहरी महानिरीक्षक {IGP}दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
    नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा संचालित ११ औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह IGP कार्कीको प्रमुख आतिथ्यतामा सोही महाविद्यालयमा बुधबार सम्पन्न भएको हो।
    समारोहमा IGP कार्कीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम सफल पार्न उल्लेखनीय योगदान पुर्याउनु हुने महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय परिसरमा नवनिर्मित “आर्म ब्याज” नमुना स्तम्भको अनावरण समेत गर्नुभयो ।
    IGP कार्कीले सम्बोधनको क्रममा शारीरिक र मानसिक रूपमा कठिन तर गर्व गर्न लायक यस तालिमलाई सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । तालिमको दौरानमा आर्जन गरेका ज्ञान, सीप, कौशल, आत्मविश्वास र साहस देशको आन्तरिक सुरक्षा, विपद् तथा प्रकोपको उद्दार, आंतकवाद नियन्त्रण र विशिष्ट व्यक्तिको सुरक्षा लगायतमा कोसेढुङ्गा सावित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । तालिमको अवधिमा प्राप्त सीप र कौशल प्रहरीको व्यावसायिक जीवनमा मात्र नभई व्यक्तिगत जीवनका अन्य कैयौं पक्षमा समेत उपयोगी र लाभदायक हुने उल्लेख गर्दै दीक्षित सम्पूर्ण प्रशिक्षार्थीहरूलाई आगामी दिनमा अनुशासित जीवनलाई अवलम्बन गर्न समेत उहाँले निर्देशन दिनुभयो ।
    IGP कार्कीले कार्यक्षेत्रमा जनअपेक्षा अनुरूपको कानुन सम्मत र विश्वासयोग्य सेवा प्रवाह गर्न सक्दा मात्र नागरिकले वास्तविक शान्ति सुरक्षाको अनुभूति गर्न सक्ने बताउँदै दीक्षित प्रशिक्षार्थीहरूले कार्यक्षेत्रमा कुनै पनि प्रकारका प्रलोभन, भय वा दबाबबाट विचलित नभई कानुनको मार्गमा अडिग रहँदै उच्च व्यावसायिकता, नैतिकता एवम् इमानदारितालाई आत्मसात् गरी मुलुक र जनताको सेवामा समर्पित हुन निर्देशन दिनुभयो ।
    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    समारोहमा तालिम संयोजक प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ७ जना, प्रहरी सहायक निरीक्षक १८ जना र प्रहरी जवान ६८ जना गरी जम्मा ९३ जना प्रशिक्षार्थीहरू सहभागिता रहेको जानकारी दिनुभयो ।
    उक्त समारोहमा प्रशिक्षार्थीहरूले बाधापार डेमोन्स्ट्रेशन, हतियार खोलजोड डेमोन्स्ट्रेशन, स्याण्ड मोडल ब्रिफिङ, होस्टेज रेस्क्यू अप्रेशन डेमोन्स्ट्रेशन, इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ डेमोन्स्ट्रेशन, खाली हात लडाई डेमोन्स्ट्रेशन तथा एक्सप्लोसिभ अर्डिनान्स डिस्पोजल डेमोन्स्ट्रेशन समेत प्रदर्शन गरेका थिए ।
    समारोहमा सुनवल नगरपालिकाका प्रमुख बिमला अर्याल, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जन प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको, प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij