शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

ट्रान्स पार्टी गरिरहेको अवस्थामा ३८ पक्राउ

  • प्रकाशित मिति : बुधबार, चैत्र १८, २०८२



  • पोखरा । पोखरामा विदेशी नागरिकसँग मिलेर ट्रान्स पार्टी गरिरहेको अवस्थामा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको छ ।

    पोखरा महानगरपालिका-१८ सेदीस्थित फेवातालमाथि जंगल नजिकैको एकान्त घरमा मंगलबार राति छापा मार्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    लागुऔषध प्रयोग तथा बिक्री भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामका डीएसपी नवराज भट्टराईको नेतृत्वमा पुगेको टोलीले छापा मारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिए ।

    उनका अनुसार नियन्त्रणमा लिएकामध्ये आठ जनासँग लागुऔषध फेला परेको छ ।

    लागुऔषधसहित पक्राउ पर्नेमा एक जना इजरायली, दुई जना भारतीय र पाँच जना नेपाली नागरिक रहेका छन् ।

    उनीहरूविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    अन्य नियन्त्रणमा लिइएकाहरूको हकमा भने आपराधिक पृष्ठभूमि जाँच गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार घटनास्थलबाट एमडीएमए, चरेस, कोकिन, खैरो हिरोइन, ‘आइस’ (एम्फेटामिन वर्गको पदार्थ), गाँजा, ‘म्याजिक मशरूम’ तथा एलएसडीसहित नौ प्रकारका लागुऔषध बरामद गरिएको छ ।

    उक्त घर बमेन्द्र पुनले स्थानीय कृष्ण पराजुलीबाट भाडामा लिएर ट्रान्स पार्टी आयोजना गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij