शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै उपाध्यक्षले नै दिए अख्तियारमा उजुरी

  • प्रकाशित मिति : बिहिबार, चैत्र १९, २०८२



  • काठमाडौँ । पालिकाले खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै उपाध्यक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

    ब्याँस गाउँपालिका दार्चुलाका उपाध्यक्ष बिनोद सिंह कुँवरले पालिकाले खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा उजुरी दिएका हुन् ।

    उजुरीमा आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा गाउँपालिकाको कार्यालय भवन तथा वडा नं. ५ को कार्यालय व्यवस्थापनका लागि खरिद गरिएका विभिन्न सामग्रीमा अनियमितता भएको उल्लेख गरिएको छ । फर्निचर, दराज, कार्पेट, सोफा तथा पालिकाको निवासका लागि निर्माण गरिएका पलङलगायत सामग्रीको परिमाण स्टोरमा दाखिला गरिएको बिलअनुसार नभएको, केही सामग्रीको दररेट बजार मूल्यभन्दा बढी रहेको तथा केहीको गुणस्तर तोकिएको दरअनुसार नभएको आरोप लगाइएको छ ।

    यस विषयमा पटक–पटक प्रमुख प्रशासकीय अधिकृतलाई लिखित जानकारी गराउँदा पनि सुनुवाइ नभएको र कार्यपालिका बैठकमा समेत विषय उठाउँदा बेवास्ता गरिएको उपाध्यक्ष कुँवरले बताएका छन् । उक्त खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन गरी आवश्यक कारबाही गर्न उनले माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij