शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

आफूहरूमाथि २४ घण्टा निगरानी गर्न प्रतिपक्षी दललाई रास्वपा सभापति लामिछानेको आग्रह

  • प्रकाशित मिति : बिहिबार, चैत्र १९, २०८२



  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको पहिलो बैठकमा आफूहरूमाथि चौबिसै घण्टा निगरानी राख्न प्रतिपक्षी दललाई आग्रह गरेका छन्।

    बिहीबार सुरु भएको बैठकमा सम्बोधन गर्दै लामिछानेले आफ्ना सांसदहरूले प्रश्न सोध्न पठाइएका र जिम्मेवारी पनि यथावत रहने बताएका छन्। उनले भने, ‘जनताले हामीलाई दिएको विशाल बहुमतको इतिहास, यो पनि फेरि गुमेको अवसर भन्यौँ भने हामी फेरि कलंकित हुनेछौँ। हामीलाई त्यो मञ्जुर छैन।’

    सभापति लामिछानेले आफ्ना दलका सदस्यहरूलाई पनि सम्झाउँदै भने, ‘हामी प्रश्न सोधेर आएका हौँ। अहिले बस्ने ठाउँ फेरियो होला। आज पनि ती प्रश्नप्रति हाम्रो नैतिक जिम्मेवारी उति नै छ।’

    साथै, उनले स्पष्ट पारेका छन् कि रास्वपा प्रश्न देखाउन मात्रै सीमित छैन, जवाफ खोज्ने कार्यमा पनि सक्रिय रहनेछ। उनले भने, ‘हामीलाई प्रश्न देखाउन मात्रै होइन, जवाफ खोज्न पनि आउँछ। हामीले त्यो देखाउनु छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij