शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

संसद सञ्चालनमा सहमति खोज्दै रास्वपा, दलहरूसँग संवाद सुरु

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०८२



  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रतिनिधि सभाको कार्य सञ्चालनलाई प्रभावकारी र मर्यादित बनाउन विभिन्न राजनीतिक दलहरूसँग संवाद प्रक्रिया अघि बढाइएको बताएका छन्।

    संसद सचिवालय, सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सदनलाई व्यवस्थित र सन्तुलित रूपमा सञ्चालन गर्न बहुदलीय विश्वास आवश्यक हुने उल्लेख गरेका हुन्। यही उद्देश्यले सबै दलसँग परामर्श र सहकार्यको पहल सुरु गरिएको उनको भनाइ छ।

     

    संविधान संशोधनको विषयलाई पनि दलहरूले प्राथमिकतामा राखेको सन्दर्भमा उनले प्रारम्भिक छलफलका लागि प्रस्ताव समिति गठन गरिएको जानकारी दिए। उक्त समितिबाट एजेण्डा तय भएपछि त्यसलाई आधार मानेर अन्य राजनीतिक शक्तिहरूसँग थप संवाद अघि बढाइने उनले स्पष्ट पारेका छन्।

    संसदीय प्रक्रियालाई सुदृढ बनाउने र आवश्यक सुधारका विषयमा सहमति निर्माण गर्ने लक्ष्यसहित संवादलाई निरन्तरता दिइने संकेत उनले दिएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij