शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्तिपाएनन् : चालक धरौटीमा रिहा, प्रहरीको भूमिकामाथि प्रश्न

  • प्रकाशित मिति : आइतवार, चैत्र २२, २०८२



  • सर्लाही। चन्द्र नगर गाउँपालिका-२, बिर्ता टोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक महिलाका परिवारले अहिलेसम्म क्षतिपूर्ति रकम नपाएको गुनासो गरेका छन्।

    गत माघ १६ गते बिहान बिर्ताबाट बर्कुरवातर्फ गइरहेको बीआर ३० एपी ३०३७ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री स्थानीय ६५ वर्षीया शान्तिदेवी ठाकुर गम्भीर घाइते भएका थिए।

    ठाकुरलाई बयलवासमा सामान्य उपचारपश्चात् थप उपचारका लागि वीरगन्जस्थित न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा सोही दिन बेलुकीपख मृत्यु भएको थियो। दुर्घटना भएको दुई महिना बढी भइसक्दा पनि कानुन बमोजिम पाउनुपर्ने क्षतिपूर्ति रकम पाउन नसकेको मृतक शान्तिदेवीका कान्छो छोरा सन्जित शर्माले गुनासो गरिन्। मृतकको परिवारले आज पत्रकार सम्मेलन गरी क्षतिपूर्ति रकम नपाएको गुनासो व्यक्त गरेका हुन्।

    दुर्घटनापछि पक्राउ परेका मोटरसाइकल चालक चन्द्र नगर गाउँपालिका-३, बर्कुरवाका २० वर्षीय विशाल महतो सर्लाही जिल्ला अदालतको आदेश अनुसार एक लाख रुपैयाँ धरौटी बुझाएर हिरासतमुक्त भइसकेका छन्। मृतकको परिवारले मोटरसाइकल चालकको सवारी चालक अनुमति पत्र नहुँदासमेत प्रहरीले सामान्य ढङ्गले मुद्दा अघि बढाएर उनलाई चाँडै हिरासतमुक्त गराउन सहयोग गरेको आरोप लगाएका छन्।

    प्रहरीले घटनास्थलमा उठाएको मुचुल्का र पछि अदालतमा मुद्दा पेस गर्दा विवरण नै बदेको दाबी गर्दै यस्तो कार्यमा संलग्न प्रहरीलाई कारबाही हुनुपर्ने मृतक शान्तिदेवीका छोरा सन्जितले पत्रकार सम्मेलनमार्फत माग गरे। प्रहरीले भने मृतकको परिवारले पाउने क्षतिपूर्ति रकमबापतको पाँच लाख रुपियाँ र क्रिया खर्चबापत प्राप्त गर्ने ५० हजार रुपियाँ जिल्ला प्रशासन कार्यालयमा गएर लिन सक्ने बताएको छ।

    इलाका प्रहरी कार्यालय केसर गन्जका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नितेशकुमार सिंहले ३५ दिन हिरासतमा बसेपछि अदालतको आदेश अनुसार अदालतमा एक लाख धरौटी बुझाएर छुटेका चालकले जिल्ला प्रशासन कार्यालयमा समेत पाँच लाख ५० हजार रुपियाँ धरौटी राखेकाले सो रकम मृतकको परिवारले नै प्राप्त गर्ने बताए।

    उनले मृतकको परिवारलाई क्षतिपूर्ति रकम लिन कसैको प्रभावमा परेर यताउता जानु भन्दा आवश्यक कागजात लिएर सोझै जिल्ला प्रशासन कार्यालयमा जान आग्रह गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij