शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

  • प्रकाशित मिति : आइतवार, चैत्र २२, २०८२



  • काठमाडाैं। जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आज फैसला हुने भएको छ।

    यसअघि पक्राउ गरेको कारण सरकारसँग मागेको अदालतले शुक्रबार नै सो जवाफ प्राप्त गरिसकेकोले बन्दी प्रत्यक्षीकरणको मुद्दामा आजै फैसला हुन सक्ने जनाइएको छ।

    जेन-जी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए। उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो।

    सो सिफारिसका आधारमा पक्राउ पुर्जी जारी गरेर चैत १४ गते दुबैजनालाई पक्राउ गरिएको थियो। अदालतबाट पक्राउ पुर्जीको अनुमति नलिई प्रहरीले नै जरुरी पक्राउ पुर्जी जारी गरेर उनीहरुलाई निवासबाटै नियन्त्रणमा लिएको थियो। उक्त पक्राउ गैरकानूनी भनेर दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए।

    भाग्न सक्ने वा प्रमाण नष्ट गर्न सक्ने अवस्थामा मात्रै जरुरी पक्राउ पुर्जी जारी गर्नु पर्ने कानुनी व्यवस्था विपरीत पक्राउ गरिएको र प्रतिवेदन मात्रैका आधारमा नियन्त्रणमा लिने तर्क गर्दै उनीहरुको पक्षबाट पक्राउ परेको भोलिपल्ट (आइतबार) बन्दीप्रत्यक्षीकरण निवेदन परेको थियो।

    सोमबार न्यायाधीश मेघराज पोखरेलको इजलासले ओलीको र कुमार रेग्मीको इजलासले लेखकको निवेदनमाथि सुनुवाइ गर्दै जरुरी पक्राउ पुर्जी जारी गर्नु पर्ने पूर्वअवस्था के थियो? भनेर समेत सरकारलाई सोधेको थियो । जवाफमा सरकारले पूर्व प्रधानमन्त्री वा पूर्व गृहमन्त्री भएकै आधारमा तत्काल हिरासत मुक्त गर्न नसकिने जनाएको छ। पक्राउ परेकै दिनदेखि नै ओली त्रिवि शिक्षण अस्पतालमा छन् भने लेखकलाई प्रहरीले महाराजगञ्जकै प्रहरी गणमा राखेर बयान लिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij