शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सेयर बजारमा त्रास फैलाउने काम भइरहेको छ : अर्थमन्त्री वाग्ले

  • प्रकाशित मिति : सोमवार, चैत्र २३, २०८२



  • काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा त्रास फैलाउने काम भइरहेको भन्दै सरकारले कुनै धरपकड अभियान नचलाएको स्पष्ट गर्नुभएको छ ।

    सेजनले प्रकाशन गरेको अर्थमन्त्री वाग्लेकै लेखहरु समेटिएको पुस्तक अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टिः समृद्धि, असमानता र सुधारको वर्षौदेखिका बहस’ नामक पुस्तकको आज मन्त्रालयमा विमोचन गर्ने क्रममा उहाँले साना लगानीकर्तालाई आतंकित पार्ने अनुचित खेल भईरहेको भन्दै मन्त्री वाग्लेले साना लगानीकर्तामाथि कुनै कारबाही नहुने स्पष्ट पार्नुभयो ।

    सेयर बजार नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी रहेको भन्दै उहाँले पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, कसले किन्यो-बेच्यो भन्ने देख्न सकिने भएकाले यो प्रणाली विश्वसनीय रहेको समेत छ भन्नुभयो ।

    सेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमूना क्षेत्र को रूपमा लिएको र प्रधानमन्त्रीले पनि अन्य क्षेत्रमा पनि स्टक मार्केटको जस्तो डिजिटलाइजेसन गर्न खोज्नु भएको उहाँले बताउनुभयो ।

    पुस्तकमा मन्त्री वाग्लेका ८ वटा लेख समावेस गरिएको छ । विगतमा उठाइएका आर्थिक सुधारका एजेण्डा पुस्तकमा छन् भने सय अर्ब डलर माथिको अर्थतन्त्र पु¥याउने लक्ष्यका साथ डिजिटलाइजेसन, स्वच्छ ऊर्जा र पर्यटनलाई अर्थतन्त्रको मुख्य शक्तिका रूपमा प्रस्तुत गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij