शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

युवामाथि ताकीताकी गोली हान्ने आदेश कुन राष्ट्रको कानूनले दिन्छ ?

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २४, २०८२



  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आकृति अवस्थीले हालैको जेन-जी आन्दोलनसँग सम्बन्धित हिंसात्मक घटनाबारे गम्भीर प्रश्न उठाएकी छन् ।

    प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै विद्यालय पोसाकमै उनले कुशासन र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका युवामाथि टाउकोमा गोली प्रहार गर्ने कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिन्छ भन्दै प्रश्न गरेकी छन् ।

    ‘विद्यालय पोसाकमा कुशासन र भ्रष्टाचार विरुद्ध प्रदसनमा रहेका भईबहिनीहरूमाथि टाउकोमा ताकीताकी गोली हान्नी हत्या गर्ने गर्ने कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनले दिन्छ,’ भन्दै उनले प्रश्न गरेकी छन् ।

    उनले नेपालको संविधान र विगतका जनआन्दोलनको स्मरण गर्दै ती आन्दोलन राज्यव्यवस्था परिवर्तनका लागि जनताद्वारा प्रेरित भएको उल्लेख गरिन् ।

    हालको जेन-जी आन्दोलनलाई विदेशी प्रभाव वा बाह्य चलखेलसँग जोड्ने प्रयासप्रति उनले आपत्ति जनाउँदै त्यसको सत्यता स्पष्ट गर्न सरकारसँग माग गरिन् ।

    ‘नेपालको संविधान नेपालको विभिन्न काल खण्डमा जनताद्वारा भएका स्वतस्मृत जनआन्दोलनहरू राज्यव्यवस्था परिर्वन प्रेरित थिए तर कुशासन र भ्रष्टाचार विरुद्ध भएको जेनजी आन्दोलन कसर एआइएलको रिदम र विदेशीको चलखेलले हुन सन्छ,’ उनले भनिन् ।

    उनले यो घटनाको प्रश्नमात्र नभई राज्यको जिम्मेवारी भएको बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij