शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

नेकपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

  • प्रकाशित मिति : बुधबार, चैत्र २५, २०८२



  • काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पनि बस्ने भएकाे छ।

    पार्टीका नेता जगन्नाथ खतिवडाले पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधबार बिहान ११ बजे पुनः बस्ने बताउनुभएकाे हाे । मंगलबार बसेको बैठकमा करिब पाँच जना वक्ताहरूले मात्रै आफ्ना विचार व्यक्त गरेको पार्टीका नेता खतिवडाले जानकारी दिनुभयो । बैठकमा पनि बाँकी सदस्यहरूले धारणा राख्ने र सुझाव संकलनको कार्यलाई निरन्तरता दिने समेत उहाँले बताउनुभयाे । निर्वाचनमा व्यहोर्नुपरेको पराजयको कारण र पार्टीको आगामी कार्यदिशाकाे बारेमा घनिभूत रुपमा छलफल भएको छ ।

    बैठकको तेस्रो दिन नेताहरूले समसामयिक राजनीतिक परिस्थिति, निर्वाचनको समीक्षा र पार्टीको साङ्गठनिक सुदृढीकरणका विषयमा आफ्ना धारणाहरू राखेका हुन् । नेता खतिवडाले बैठकमा मुख्य गरी पार्टीले यस पटकको निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसक्नुका कारणहरू, नेपालको भू–राजनीतिक संवेदनशीलता र यसको जटिलताका विषयमा छलफल केन्द्रित भएको बताउनुभएकाे छ ।

    नेता खतिवडाले पार्टी संगठनको व्यवस्थापन र एकता प्रक्रियालाई अगाडि बढाउन सदस्यहरूबाट सुझाव संकलन गर्ने कार्य भइरहेको समेत जानकारी गराउनुभयाे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij