शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

‘शान्ति मिसनमा संलग्न फौजको घट्दो संख्याले सैनिक कल्याण कार्यक्रम प्रभावित’ : प्रधान सेनापति सिग्देल

  • प्रकाशित मिति : बुधबार, चैत्र २५, २०८२



  • काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता घट्दै जाँदा सैनिक कल्याणसम्बन्धी कार्यक्रम सञ्चालनमा दबाब बढेको बताएका छन्।

    भूतपूर्व सैनिक सम्मेलनमा बोल्दै उनले नेपाली सेनाले विगतदेखि नै राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे। साथै राष्ट्रिय एकता सुदृढीकरणमा संस्थागत रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो।

    उनले बदलिँदो सुरक्षा चुनौती र समयसापेक्ष आवश्यकतालाई ध्यानमा राख्दै सेनालाई सक्षम, आधुनिक र उत्तरदायी संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए। देशभित्र सुरक्षा व्यवस्थापन, पूर्वाधार निर्माण तथा विपद् व्यवस्थापनका साथै अन्तर्राष्ट्रिय शान्ति मिसनमा सहभागिताले नेपाली सेनाको विश्वसनीयता वृद्धि भएको उनले बताएका छन्।

    सेनापति सिग्देलका अनुसार सैनिक कल्याण बोर्डमार्फत पूर्व तथा वर्तमान सैनिकलाई लक्षित सेवा विस्तार गर्ने प्रयास जारी छ। तर, समग्र आर्थिक गतिविधिमा देखिएको सुस्तता, बैंकिङ क्षेत्रका चुनौती तथा मुद्दती निक्षेपबाट प्राप्त ब्याज आम्दानीमा आएको कमीका कारण कल्याणकारी योजनाको वित्तीय आधार कमजोर हुँदै गएको संकेत गरेका छन्।

    यस्तै, शान्ति स्थापनामा खटिने सैनिक संख्यामा आएको गिरावटले पनि यस्ता कार्यक्रमको दीर्घकालीन सञ्चालनमा थप चुनौती सिर्जना गरेको उनले उल्लेख गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij