शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

क्रियाशील सदस्यता खारेज गर्ने अधिकार छैन, गगनले कांग्रेसलाई दास र लासको पार्टी बनाए : नेता कार्की

  • प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०८२



  • काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्की गगनकुमार थापालाई क्रियाशील सदस्यता खारेज गर्ने अधिकार नरहेको बताएका छन् ।

    बिहीबार सामाजिक सञ्जालमार्फत नेता कार्कीले क्रियाशील सदस्यताबारे निर्णय गर्ने अधिकार महासमितिलाई मात्रै रहेको बताएका हुन् । सबै क्रियाशील सदस्यता खारेज गरेर गगन थापाले कांग्रेसलाई दास र लासको पार्टी बनाउन लागेको हो भनेर नेता कार्कीले प्रश्न गरेका छन् ।

    ‘सबै क्रियाशील खारेज गरेपछि तपाई सभापति हुनुहुन्छ की हुनुहुन्न ? की तपाईंको र तपाईंको समितिको दास र लास बाहेकको खारेज भएको हो ?’ नेता कार्कीले प्रश्न गरेका छन् ।

    ‘यस्तो निर्णय गर्ने अधिकार महासमितिलाई होला नि ? मेरो क्रियाशील के कारणले खारेज भयो ?’ नेता कार्कीले प्रश्न गरेका छन् ।

    बदलिएको कांग्रेस भन्दै आएका गगन थापाले पुरानो क्रियाशील सदस्यता सबै खारेज गर्ने बताउँदै आएका छन् । क्रियाशील सदस्यता खारेज गरेर गगनले कांग्रेसलाई के गर्न खोजेका हुन् ? नेताहरूले प्रश्न गरेका छन् ।

    निर्वाचनका बेला भृकुटीमण्डप भेलाबाट हाइज्याक गरेका गगनका कारण नेपाली कांग्रेसको लज्जास्पद पराजय भएको छ । गगन आफै पनि सर्लाही ४ बाट पराजित भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij