शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

स्थानीय तहको प्रभावकारिता र समन्वयमा सभामुख अर्यालको जोड

  • प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०८२



  • काठमाडौँ । सभामुख डोल प्रसाद अर्यालले स्थानीय तहहरूले जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

    नेपाल नगरपालिका संघको ३३औँ स्थापना दिवसको अवसरमा सभामुख अर्यालले सामाजिक विकास र सुशासनलाई प्राथमिकतामा राख्दै अनुभव र असल अभ्यासको आदान–प्रदान गर्न आग्रह गरेका हुन्। उनले सेवाग्राहीको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र काममा कुनै त्रुटि हुन नदिनुपर्ने कुरामा विशेष ध्यानाकर्षण गरेका छन्।

    सभामुख अर्यालले संस्थागत वा व्यक्तिगत हितभन्दा सेवा प्रदान गर्ने कार्यमा जनताको सन्तुष्टि पहिलो प्राथमिकता हुनुपर्ने धारणा व्यक्त गर्दै, स्थानीय तहले सरकारको कामलाई जनतासम्म पुर्‍याउने सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्।

    स्थानीय तह सुदृढ बनाउन, बजेट व्यवस्थापन तथा अन्य विषयमा सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको भन्दै सभामुखले त्यसमा आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij