शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

कार्यालय सहयोगीमाथि कुटपिटको आरोपमा मेयरविरुद्ध पक्राउ पुर्जी जारी

  • प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०८२



  • काठमाडौँ ।  सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध कार्यालय सहयोगीलाई कुटपिट गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ। नगरपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यकक्षमै हातपात भएपछि प्रहरीले मेयर यादवविरुद्ध कानूनी प्रक्रिया अघि बढाएको हो।

    घटना विवरण अनुसार, गत सोमबार बिहान करिब ९ बजे हाजिरी गर्ने क्रममा ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवमाथि मेयर यादवले गालीगलौज गर्दै लात र मुक्का प्रहार गरेका थिए। मेयरको कुटपिटबाट घाइते भएका रामशरणको शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै हड्डी समेत भाँचिएको छ। उनको हाल विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ।

    पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले मेयर यादवविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरेको छ। जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति लिइएको र मेयरको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले बताए। सोही घटनामा संलग्न रहेको आरोपमा नगरपालिकाका अर्का कर्मचारी रोहित मेस्तरलाई भने प्रहरीले यसअघि नै नियन्त्रणमा लिइसकेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij