शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने

  • प्रकाशित मिति : आइतवार, चैत्र २९, २०८२



  • राँझा (बाँके) । आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने दोस्रो आर्थिक गणनाका लागि बाँकेमा ९७ कर्मचारी खटिने भएका छन् । बाँकेका आठ स्थानीय तहका ८१ वडामा दोस्रो आर्थिक गणनाका लागि ८६ गणक र ११ जना सुपरीवेक्षक गरी ९७ कर्मचारी खटिने जिल्ला आर्थिक गणना अधिकारी अवधेशकुमार शुक्लाले जानकारी दिए ।

    उनका अनुसार गणक र सुपरीवेक्षकलाई तालिम दिनेलगायत आवश्यक सबै तयारी पूरा भएको छ । यो गणनाले मुलुकको आर्थिक नीति, योजना तथा विकास रणनीति निर्माणका लागि आधारभूत र भरपर्दो तथ्यांक उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । विसं २०७५ मा सम्पन्न पहिलो राष्ट्रिय आर्थिक गणनामा देशैभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान तथा व्यवसाय गणना गरिएको थियो । ती प्रतिष्ठानमा ३२ लाख २८ हजार ४५७ जना संलग्न रहेको तथ्यांक सार्वजनिक गरिएको थियो ।

    “अन्तरराष्ट्रिय औद्योगिक वर्गीकरणअनुसार अर्थतन्त्रलाई २१ क्षेत्रमा विभाजन गरिएको भए पनि यस राष्ट्रिय आर्थिक गणनामा १८ वटा आर्थिक क्षेत्रमा आधारभूत विवरण संकलन गरिनेछ”, आर्थिक गणना अधिकारी शुक्लाले भने, “यसमा दर्ता भएका वा नभएका ठूलासाना उद्योग, व्यापार–व्यवसाय, सेवा क्षेत्र, गैरसरकारी संस्था, सरकारी संस्थान, विद्यालय, अस्पताललगायत आर्थिक क्रियाकलाप गरिरहेका एकाइ समेटिने छ ।”

    जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले मुलुकको आर्थिक नीति, योजना तथा विकास रणनीति निर्माणका लागि आधारभूत र भरपर्दो तथ्यांक उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस कार्यमा नागरिकस्तरबाट पनि सहयोग र समन्वय हुुनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij