शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

शुरू भयो कांग्रेसको जरा अभियान

  • प्रकाशित मिति : आइतवार, चैत्र २९, २०८२



  • पोखरा। उत्साह र विश्वासको नवीन अभियान भन्ने मूल सन्देशसहित नेपाली कांग्रेसले देशव्यापी गर्न लागेको जरा अभियान कास्कीमा आइतबारदेखि प्रारम्भ गरिएको छ ।

    कास्की कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूको उपस्थितिमा बैठक गरी आवश्यक तयारीसहित अभियान प्रारम्भ गरिएको छ । कास्कीमा केन्द्रीय प्रतिनिधिका रुपमा पार्टीका केन्द्रीय सदस्य रेशम बाँनिया र महासमिति सदस्य विष्णु पौडेल आएका छन्।

    अभियान कास्कीका ७२ ओटै इकाइसम्म पुग्नेछ। अभियानका क्रममा पार्टीको क्रियाशील सदस्यता अद्यावधिकसँगै वितरण, जनसम्पर्क र जेन्जी युवाहरूसँगको संवाद अघि बढाइने छ ।

    पार्टी सदृढीकरणका लागि अभियान महत्वपूर्ण हुने अपेक्षा गरिएको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए।

    अभियान शुभारम्भ गर्दै पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि रेशमबहादुर बाँनियाले अभियानसँगै पार्टीले नयाँ गति लिने र महाधिवेशनको वातावरण निर्माण हुने उल्लेख गरे।

    कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको सभापतित्वमा बसेको बैठकमा केन्द्रीय प्रतिनिधि महासमिति सदस्य विष्णु पौडेलले अभियानको सान्दर्भिकताबारे बोलेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij