आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा २ जना घाईते,घाईतेको अबस्था चिन्ताजनक उपचारका लागि बुटवल रिफर

  • प्रकाशित मिति : सोमवार, चैत्र ३०, २०८२



  • बिनिता शर्मा,काठमाडौ । रोल्पामा ट्याक्टर दुर्घटनामा २ जना घाइते भएका छन् ।

    रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नम्बर ९ ह्वामा भन्ने ठाउँमा हिजो साँझ साँढे ८ बजे लु १ त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईजना घाइते भएका हुन।

    दुर्घटना भएको सूचना पाउँनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी निरीक्षक सुनिल थापा नेपालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सडकबाट २०० मिटर तल खसेको गाडीबाट घाइतेहरुको उद्दार गरिएको थियो । घाइतेहरुको उद्दारगरि उपचारका लागि रेउघा अस्पताल ल्याईएको थियो । घाइते हुने चालकको अबस्था चिन्ताजनक रहेकोे छ, रोल्पा जिल्ला त्रीबेणी गाउँपालिका ७ ढोरेणी निवासी बर्ष ३४ का  श्याम डाँगी रहेका छन भने सहचालक रोल्पा न पा ६ धर्मशाला बस्ने बर्ष १७ को हिमाल तामाङ रहेका छन । घाइतेहरुलाई थप उपचारका लागि बुटवल रिफर गरिए छ।घटनास्थल सदरमुकाम लिवाङबाट २० किलोमिटर टाढा रहेको जिल्ला प्रहरी प्रमुख DSP बिरेन्द्र वीर बिश्वकर्माले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij