शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

इरानी जहाजहरूलाई ‘ध्वस्त’ पार्ने ट्रम्पको चेतावनी: नाकाबन्दी उल्लंघन गरे कडा कारबाही हुने

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १, २०८३



  • वासिंटन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी नौसेनाका जहाजहरूलाई ‘ध्वस्त’ पार्ने कडा चेतावनी दिएका छन्।

    सोमबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत एक सन्देश जारी गर्दै उहाँले अमेरिकी नौसेनाले लगाएको नाकाबन्दी क्षेत्रको नजिक आउने कुनै पनि इरानी ‘फास्ट अट्याक क्राफ्ट’ वा युद्धक जहाजहरूलाई तत्काल नष्ट गरिने बताएका हुन्। हर्मोज जलसन्धि र इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको समुद्री नाकाबन्दी सोमबारदेखि नै पूर्ण रूपमा कार्यान्वयनमा आएको छ।

    राष्ट्रपति ट्रम्पले इरानको परम्परागत नौसेनाका धेरैजसो जहाजहरू यसअघि नै मारिएका दाबी गर्दै बाँकी रहेका साना र तीव्र गतिका डुङ्गाहरूले अमेरिकी सुरक्षा घेरा तोड्न खोजे त्यसको परिणाम “छिटो र भयानक” हुने उल्लेख गरेका छन्।

    उनले यस कारबाहीलाई समुद्री लागूऔषध तस्करहरू विरुद्ध गरिने कारबाहीसँग तुलना गर्दै अमेरिकी सेनालाई स्पष्ट आदेश दिइएको बताए। यो चेतावनी इस्लामावादमा भएको शान्ति वार्ता निष्कर्षविहीन सकिए लगत्तै आएको हो, जसले मध्यपूर्वमा सैन्य मुठभेडको जोखिमलाई थप बढाएको छ।

    यसको जवाफमा इरानले अमेरिकी नाकाबन्दीलाई ‘समुद्री डकैती’ को संज्ञा दिँदै यदि आफ्ना जहाजहरूमाथि आक्रमण भए फारस खाडीका कुनै पनि बन्दरगाह सुरक्षित नरहने चेतावनी दिएको छ।

    अमेरिकाले इरानलाई आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्न र हर्मोज जलसन्धि खुला राख्न दबाब दिइरहेको छ। विश्वको तेल आपूर्ति हुने मुख्य मार्गमा देखिएको यो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य र विश्वको उर्जा सुरक्षामा ठूलो संकट आउन सक्ने विश्लेषण गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij