शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

क्रियाशील सदस्यता अद्यावधिक नगर्ने कांग्रेसमा नरहने सभापति थापाको चेतावनी

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १, २०८३



  • काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक नगर्नेहरू पार्टीको सदस्य नरहने चेतावनी दिएका छन् । शेरबहादुर देउवा पक्षले उक्त प्रक्रिया अघि नबढाउने अडान लिइरहेका बेला सभापति थापाले यस्तो चेतावनी दिएका हुन् ।

    मंगलबार काठमाडौँ वडा नं. ३० स्थित पार्टीको वडा कार्यालयमा पुगेर क्रियाशील सदस्यता अद्यावधिकका लागि निवेदन दिएलगत्तै उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो काममा अवरोध नगर्न पार्टी पंक्तिलाई सचेत गराए ।

    थापाले पार्टीको विधानअनुसार सदस्यता अद्यावधिक प्रक्रिया शुरू गरिएको उल्लेख गर्दै सबै नेता तथा कार्यकर्तालाई आ-आफ्नो वडा कार्यालयमा पुगेर अनिवार्य रूपमा प्रक्रिया पूरा गर्न निर्देशन दिएका छन्।

    उनले सदस्यता अद्यावधिकलाई लिएर भ्रम फैलाउने, अनावश्यक कोलाहल मच्चाउने र ‘सदस्यता खोसिने’ जस्ता हल्ला चलाउने कार्य नगर्न पनि आग्रह गरे ।

    उनले क्रियाशील सदस्यताको निरन्तरताका लागि अध्यावधिक आवश्यक र विधानसम्मत रहेको भन्दै कसैले सदस्यता अद्यावधिक नगर्ने अडान लिएमा त्यस्ता व्यक्ति स्वतः पार्टीको क्रियाशील सदस्य नरहने स्पष्ट पारे ।

    सभापति थापाले वैशाख १५ गतेभित्र सबैले आफ्नो वडा कार्यालयमा पुगेर सदस्यता अद्यावधिक गरिसक्नुपर्ने समयसीमा पनि तोकेका छन् ।

    विदेशमा रहेका वा विशेष कारणले उपस्थित हुन नसक्नेहरूका लागि पार्टीले विशेष व्यवस्था गर्ने उनले जानकारी दिए ।

    सदस्यता प्रक्रियाबारे अन्योल भएमा पार्टीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न र सम्बन्धित जिम्मेवार पदाधिकारीमार्फत जानकारी लिन पनि उनले आग्रह गरे ।

    सभापति थापाले पार्टीको निरन्तरता र सुदृढीकरणका लागि सबै नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता अनिवार्य रहेको दोहोर्याउँदै विधान पालना गर्नु सबैको दायित्व भएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij