शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १, २०८३



  • काठमाडौँ । उपत्यकाभित्र राति पनि सार्वजनिक यातायात उपलब्ध गराउने उद्देश्यले रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याइएको छ। काठमाडौँ महानगरपालिका को पहलमा अन्य स्थानीय तह र साझा यातायात को सहकार्यमा सेवा सुरु गरिएको हो।

    नयाँ व्यवस्थाअनुसार राति ८ बजेदेखि ११ बजेसम्म बस सञ्चालन हुनेछ। सेवा प्रारम्भसँगै उपत्यकाका प्रमुख स्वास्थ्य संस्था र महत्वपूर्ण स्थानहरू जोड्ने गरी दुई वटा मुख्य रुट निर्धारण गरिएको छ।

    पहिलो रुट ललितपुर क्षेत्रको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक अस्पताल, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल तथा गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म विस्तार गरिएको छ। उत्तर–दक्षिण जोड्ने यो मार्गको एकतर्फी दूरी करिब १६ किलोमिटर रहेको जनाइएको छ।

    दोस्रो रुट थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नेछ। पूर्व-पश्चिम जोड्ने यस मार्गको एकतर्फी दूरी करिब २० किलोमिटर छ।

    यी दुवै रुटमा चार वटा विद्युतीय बस सञ्चालन गरिनेछ भने निर्धारित बस स्टपहरूमा करिब २० मिनेटको अन्तरालमा सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ। सेवा शुभारम्भका अवसरमा कार्यवाहक मेयर सुनिता डंगोलको उपस्थिति रहेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij