शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

मनोहरामा सुकुम्बासी बस्ती खाली गराउने क्रम आज पनि जारी,देशैभरी करिब १६ लाख सुकुम्बासी परिवार रहेको सरकारी आँकडा

  • प्रकाशित मिति : सोमवार, बैशाख १४, २०८३



  • काठमाडाैं । भक्तपुरको मनोहरा नदी आसपासको सुकुमवासी बस्तीका घरहरु भत्काउनेक्रम साेमबार पनि बिहानैदेखि जारी छ ।

    १३ वटा डोजर प्रयोग गरेर साेमबार बिहान ७ बजेदेखि बाँकी घरहरु भत्काउन थालिएको हो । मनोहरा खोला किनारमा रहेको बस्ती हिजो बिहानदेखि भत्काउन थालिएको थियो । केही घर टहरा बाँकी रहेकाले साेमबार बिहान पनि सो कामलाई जारी राखिएको हो । घर टहरा भत्काउन भक्तपुरबाट प्रहरी र काठमाडौं महानगरपालिकाबाट नगर प्रहरीसँगै डोजरहरु प्रयोग गरिएको छ । यसअघि प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा थापाथली र गैह्रीगाउँ क्षेत्रका सुकुमवासी बस्तीका घरटहरा पूर्णरुपमा भत्काइएको छ ।

    त्यहाँ बस्दै आएकाहरुलाई नगर प्रहरीले कीर्तिपुर, नागार्जुन र भक्तपुरमा व्यवस्थापन गरेको हाे । काठमाडौं उपत्यकामा मात्र बागमती नदी किनारसहितका २७ ठाउँमा सुकुम्बासीसहितका नाममा सरकारी जग्गा अतिक्रमण भएको छ । यी क्षेत्रमा तीन हजार ४ सय ९६ घरटहरा रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको हाे ।

    जसमध्ये काठमाडौं महानगरमा २ हजार १ सय ७०, कागेश्वरी मनोहरामा ९०, बुढानीलकण्ठमा १ सय ५६, गोदावरीमा २ सय १५, ललितपुर महानगरमा १७ र भक्तपुर जिल्लामा ७ सय ७३ अवैध घरटहरा रहेका हुन्  । देशैभरी करिब १५ देखि १६ लाखसम्म सुकुम्बासी परिवार रहेको सरकारी आँकडा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij