शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सशस्त्र प्रहरीको १३औं IGP मा नारायणदत्त पौडेल

  • प्रकाशित मिति : सोमवार, बैशाख १४, २०८३



  • काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३ औं IGP मा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (AIGP) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) मा बढुवा गर्ने निर्णय गरेको हो।

    सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले १८ वैशाखपछि IGP को कमाण्ड सम्हाल्ने छन् ।

    हालका IGP राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश जाँदैछन् ।

    पौडेल IGP बढुवाको पहिलो दाबेदार थिए । उनी १८ चैत २०५४ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरमा सेवा प्रवेश गरेका थिए ।

    उनीसँगै IGP को बढुवाका लागि सीमा विभागमा कार्यरत AIGP वंशी दाहाल र कार्य विभागमा कार्यरत AIGP गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा थिए । तर उनीहरु पौडेल भन्दा जुनियर थिए ।

    पौडेल ६ जेठ २०७९ मा AIGP मा बढुवा भएका थिए । राजु अर्याल IGP बनेपछि AIGP को रिक्त पदमा पौडेललाई बढुवा गरिएको थियो ।

    आईजीपीको दोस्रो दाबेदारका रूपमा रहेका दाहाल भने पौडेलभन्दा करिब ५ महिनापछि मात्रै AIGP मा बढुवा भएका थिए । दाहाललाई सरकारले २८ असोज २०७९ मा AIGP मा बढुवा गरेको थियो । दाहाललाई AIGP बनाउन त्यतिबेला सरकारले सीमा सुरक्षा विभागमा एक एआईजीको दरबन्दीसमेत सिर्जना गरेको थियो ।

    ठाडा मगर भने उनीहरूभन्दा करिब २ वर्ष जुनियर हुन् । उनी २ असार २०८२ मा मात्रै AIGP मा बढुवा भएका थिए । भर्ना प्रक्रियामा पनि ठाडा मगर दुई वर्ष नै जुनियर हुन् । उनी २०५६ सालमा इन्स्पेक्टरमा भर्ना भएका थिए ।

    पौडेलले १८ चैत २०८४ सम्म अर्थात  दुई वर्ष संगठन प्रमुखको जिम्मेवारी निर्वाह गर्ने छन् । विद्यमान सशस्त्र प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा हदका कारण उनी १८ चैत् २०८४ मा अवकाशमा जानेछन् ।

    २०५४ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका उनी सशस्त्र गठन भएपछि स्थानान्तरण भएर सशस्त्रमा आएका थिए ।

    त्यसपछि उनलाई १८ असार २०५८ मा सशस्त्रको कामु DSP बनाइएको थियो । १८ चैत २०५८ मा उनी स्थायी बढुवा भएर डीएसपी बने ।

    २९ चैत २०६३ मा SP मा बढुवा भएका पौडेल २ जेठ २०७० मा SSP भएका थिए । १३ कात्तिक २०७५ मा DIGP र ६ जेठ २०७९ मा उनी AIGP मा बढुवा भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij