शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

एमसीयको लगानीमा धानखोलादेखि लमही सडकस्तरबृद्धिको मुख्यमन्त्रीद्धारा शिलान्यास

  • प्रकाशित मिति : बुधबार, बैशाख १६, २०८३



  • दाङ। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीय)नेपालको लगानीमा आजदेखि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धानखोलादेखि लमही सडकस्तरबृद्धिको काम सुरु भएको छ । उक्त सडकको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो । मुख्यमन्त्री आचार्यले शिलान्यास गर्दै सडक स्तरबृद्धिको काम प्रभावकारी र गुणस्तरिय बनाउन सुझाव दिनुभएको छ ।

    उहाले कुनै ढिलासुस्ती नगरी समयमै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिदै कामको गुणस्तरियतामा ध्यान दिन आग्रह गर्नुभएको छ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको सडक मर्मत योजना अन्तर्गत उक्त सडक स्तरबृद्धि हुन लागेको हो ।उक्त स्तरबृद्धिको जिम्मा दुई कम्पनीले पाएका छन् ।

    एमसीए–नेपालले पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा नवीन प्रविधि प्रयोग गरी स्तरोन्नति गर्न शर्मा–कुमार जेभीसँग करिब २ करोड अमेरिकी डलर -भ्याट बाहेक २ करोड ८ लाख डलर) को ठेक्का सम्झौता गरेको छ । यस्तै उक्त सडक खण्डको स्तरोन्नति र नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यको सुपरीवेक्षणका लागि इन्टरनेसनल कन्सल्टान्ट्स एन्ड टेक्नोक्राट्स प्रालिसँग ३६.६ लाख अमेरिकी डलरको अर्को ठेक्का सम्झौता भएको छ ।

    ठेक्का प्रतिस्पर्धामा नेपालसहित भारत र युक्रेनका गरी ११ वटा कम्पनीले प्रस्ताव हालेका थिए । त्यसमध्ये शर्मा–कुमार जेभी, कालिका कन्स्ट्रक्सन, तुँदी–आशीष जेभी र स्वच्छन्द–रमन जेभी गरी चारवटा कम्पनीहरू पूर्ण नेपालीको स्वामित्वका थिए ।मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति-एमसीए–नेपाल)ले उक्त परियोजनाको अनुगमन गर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij