शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

मौसम पूर्वानुमान : देशभर बदली र वर्षा गराउने नयाँ मौसमी प्रणाली सक्रिय

  • प्रकाशित मिति : बिहिबार, बैशाख १७, २०८३



  • काठमाडौं। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ।

    तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ भने मधेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा पनि यस्तै प्रकृतिको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी र मधेश प्रदेशका साथै हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

    त्यसैगरी, आज राति देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही र अन्य भेगका केही स्थानमा पनि मध्यम वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij