शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

सुनको भाउ घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • प्रकाशित मिति : आइतवार, बैशाख २०, २०८३



  • काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ भने चाँदीको बढेको हो।

    गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा एक हजार रुपैयाँ घट्दा चाँदीको ६५ रुपैयाँ बढेको हो।

    मूल्य घटेसँगै आइतबार छापावाला सुन प्रतितोला दुई लाख ९५ हजार एक सय र प्रति १० ग्रामको दुई लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

    यसअघि शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ९६ हजार एक सय र प्रति १० ग्रामको दुई लाख ५३ हजार आठ सय ६० रुपैयाँ रहेको थियो ।

    यता गत शुक्रबार प्रतितोला चार हजार नौ सय ४५ रुपैयाँ रहेको असली चाँदीको भाउ बढेर आइतबार पाँच हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    नचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।

    उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij