शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

दुई दशकपछि एमाले परित्याग, घनश्याम पुन रास्वपामा प्रवेश

  • प्रकाशित मिति : आइतवार, बैशाख २०, २०८३



  • लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा सक्रिय रहँदै आएका युवा विद्यार्थी नेता घनश्याम पुनले अन्ततः पार्टी परित्याग गर्नु भयको छ। उहाले अब आफ्नो राजनीतिक यात्रा राष्ट्रिय स्वतन्त्र पार्टी मार्फत अघि बढाउने बताउनु भयको छ।

    दुई दशकभन्दा बढी समय एमालेको विद्यार्थी तथा संगठनात्मक राजनीतिमा क्रियाशील पुन अनेरास्ववियुको मावि कमिटी अध्यक्षदेखि जिल्ला कमिटीमा तीन कार्यकाल अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यसम्मको जिम्मेवारी सम्हाल्दै आउनु भएको  थियो। साथै, उहा अनेरास्ववियु कर्णाली प्रदेश कमिटीका संस्थापक अध्यक्षसमेत रहनु भयको थियो।

    राजनीतिक यात्रामा निष्ठा, त्याग र निरन्तर सक्रियताका लागि परिचित पुनको यो निर्णयले स्थानीय राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। लामो समयसम्म पार्टी निर्माणमा योगदान दिएका एक लोकप्रिय युवाको बहिर्गमनलाई एमालेका लागि महत्वपूर्ण क्षतिका रूपमा हेरिएको छ।

    पुनको रास्वपामा प्रवेशसँगै सल्यानको राजनीतिक समीकरणमा नयाँ बहस र पुनर्संरचनाको संकेत देखिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij