आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राशिफल सन्देश: कसलाई मिल्नेछ राज्यको साथ, कसलाई यात्रामा अवरोध?

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २९, २०८३



  • मेष : आज व्यापारमा गरेको खर्चबाट राम्रो आम्दानी हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। राम्रा काममा थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। खानपानमा समस्या हुनेछ।

    वृष : दिन राम्रो छ। दीर्घकालीन योजना सफल बन्नेछन्। :को ख्याल आफैं गर्नुपर्ने दिन छ। विपक्षी साथीको साथ मिल्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

    मिथुन : दिन राम्रो छ। मानसम्मान बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कर्कट : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। साना कुरामा चिन्ता बढ्नेछ। साथीको साथ र सहयोग मिल्नेछ। दैनिक काम सहजै बन्नेछन्।

    सिंह : बोल्दा सचेत बन्नुपर्नेछ। सामान्य विषयमा पनि गलत आरोप लाग्ने जोखिम छ। अध्ययनमा अल्छीपनले दुःख दिनेछ। व्यापारमा लाभ हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

    कन्या : दिन राम्रो छ। तपाईंको कामको प्रशंसा हुनेछ। राज्यका महत्त्वपूर्ण ठाउँबाट भएको मागको सम्बोधन गर्नु उचित हुनेछ। राज्यका अंगमा तपाईंको आवश्यकता रहनेछ। परिवारमा भने खटपटी बढ्नेछ।

    तुला : तपाईंको बोलीको प्रशंसा हुनेछ। नयाँ कामको थालनी नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। धार्मिक अभियन्तासँग झुकाब देखाउनु पर्नेछ।

    वृश्चिक : अध्ययनमा जोस र जाँगर बढ्नेछ। विपक्षी साथी शान्त भएकाले तपाईंलाई काम गर्न सहज हुनेछ। मान्यजनको आर्शिवाद लिएर अगाडि बढ्नुपर्नेछ।

    धनु : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। :मा विशेष ख्याल गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा समस्या बढ्नेछ। विपक्षी शक्तिशाली भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

    मकर : दिन राम्रो छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। राजनीतिमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। परिवारसँगको दैनिकी सामान्य ढंगले चल्नेछ।

    कुम्भ : आज धेरै राम्रो दिन छ । गुम्न लागेको धन हात लाग्नेछ । उपचारमा भए :मा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

    मीन : बोलीको प्रभावले काम बन्ने दिन छ । महत्त्वपूर्ण विषयको छलफलमा सचेत बन्नुपर्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij