आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

च्याम्ताङ–घोङ्गप्पा सडकखण्ड सम्पन्न गरी सेनाले गर्‍यो हस्तान्तरण

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २९, २०८३



  • काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उत्तर-दक्षिण कोशी राजमार्गको चुनौतीपूर्ण मानिएको च्याम्ताङ–घोङ्गप्पा सडकखण्डको निर्माण कार्य सम्पन्न भएको छ। नेपाली सेनाले निर्माण गरेको १०.८१ किलोमिटर लामो यो सडकखण्ड सोमबार एक विशेष कार्यक्रमका बीच उत्तर-दक्षिण (कोशी) सडक योजनालाई हस्तान्तरण गरियो।

    आयोजना प्रमुख प्रमुख सेनानी शम्शेरबहादुर सिंहका अनुसार २०७७ फागुन २४ गतेदेखि निर्माण सुरु भएको यो सडक कडा चट्टान र विकट भूगोलका कारण निकै चुनौतीपूर्ण थियो। सेनाले कतिपय ठाउँमा हेलिकप्टरमार्फत निर्माण सामग्री र मेसिनरी ढुवानी गरेर करिब पाँच वर्षको निरन्तर प्रयासपछि ‘ट्रयाक’ खोल्ने र स्तरोन्नति गर्ने काम पुरा गरेको हो। कडा चट्टान फोर्न विस्फोटक पदार्थको आवश्यकता पर्ने भएपछि २०७६ भदौ २२ को मन्त्रिपरिषद् बैठकले यो खण्ड निर्माणको जिम्मा सेनालाई दिएको थियो।

    जोगबनीदेखि किमाथाङ्कासम्मको यो सडक चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो व्यापारिक मार्गका रूपमा चिनिन्छ। १६२ किलोमिटर लामो खाँदबारी–किमाथाङ्का खण्डमध्ये सेनाले जिम्मा पाएको यो खण्ड सम्पन्न हुनुलाई उत्तरी नाकासँगको सम्पर्क विस्तारमा ठुलो उपलब्धिका रूपमा लिइएको छ।

    सडक निर्माण सम्पन्न भएसँगै सङ्खुवासभासहित कोशी प्रदेशका धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्। सडक हस्तान्तरण कार्यक्रममा बोल्दै सडक योजनाका प्रमुख रामबहादुर गुरुङले कठिन वातावरणका बाबजुद सेनाले गुणस्तरीय काम समयमै पुरा गरेको बताए।

    सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार र पर्यटकीय गतिविधि बढ्ने विश्वास स्थानीयले गरेका छन्। हालसम्म यो सडक निर्माणमा रु ६२ करोड ३६ लाख ६७ हजार खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ। सडक सञ्चालनमा आएसँगै अब किमाथाङ्का सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने माग समेत स्थानीयले राखेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij