मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा ‘तातो दिन’

  • प्रकाशित मिति : सोमवार, असार १, २०८३



  • काठमाडौं। हाल नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय र पूर्वीय वायुको आंशिक प्रभावका कारण देशको मौसममा बदली र वर्षाको मिश्रित प्रभाव देखिएको छ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको हिमाली र पहाडी भूभागसहित मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशको हिमाली भूभाग र कोशी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रहने अनुमान गरिएको छ भने अन्य पहाडी भूभागसहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुनेछ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने दिउँसो मौसम मुख्यतया सफा रहनेछ तर ती क्षेत्रका केही स्थानहरूमा अत्यधिक गर्मी बढेर ‘तातो दिन’ हुने सम्भावना छ।

    यसैगरी दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै कोशी प्रदेशको तराईका थोरै स्थानहरू र मधेश प्रदेशको एक-दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्नेछ।

    आज रातिको मौसमलाई हेर्दा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली कायम रहनेछ।

    लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा भने राति पनि मौसम मुख्यतया सफा नै रहने महाशाखाले जनाएको छ। राति कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।

    यसका साथै कोशी प्रदेशको तराईका थोरै स्थानहरू र मधेश प्रदेशको एक-दुई स्थानमा राति पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Skoraj vsi pri kuhanju zelenjave pretiravamo s časom, zato izgubi okus in vitamine. Z nekaj preprostimi triki bodo jedi bolj sočne, zdrave in zanimive; podrobnosti je vredno raziskati. Znanci svetujejo limono, a guacamole porjavi Ko zjutraj odpremo hladilnik, hitro najdemo idejo za okusen zajtrk. Malo sveže zelenjave, jogurta in domišljije zadostuje za hranljiv začetek dneva.