आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बोलेरो गाडीमा १०९ केजी गाँजासहित दुई जना पक्राउ

  • प्रकाशित मिति : बुधबार, असार ३, २०८३



  • वीरगञ्ज । पर्सा प्रहरीले बोलेरो गाडीमा लागूऔषध गाँजा तस्करी गर्दै गरेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बा१९ च ५७३८ नम्बरको बोलेरो गाडीका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का ३० वर्षीय सुभाष थामी र सोही ठाउँका २८ वर्षीय छत्रबहादुर थामी रहेका छन् ।

    मङ्गलवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा इलाका प्रहरी कार्यालय पोखरिया र वडा प्रहरी कार्यालय श्रीपुरको संयुक्त टोलीले पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको उक्त बोलेरो गाडी रोकेर चेकजाँच गरेको थियो ।

    चेकजाँचका क्रममा गाडीमा त्रिपालले छोपेर राखिएको आठ वटा पोका फेला परेका थिए । पोकाभित्रबाट कुल १०९ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    बरामद गाँजा र गाडीसहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij