शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कक्षा १२ को नतिजा सार्वजनिक,६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

  • प्रकाशित मिति : शुक्रबार, असार ५, २०८३



  • काठमाडौँ  । कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नियमित र आंशिक गरी समग्रमा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

    यस वर्षको परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ गरी कुल ४ लाख १८ हजार १७० परीक्षार्थी सहभागी भएका थिए।

    तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० (६९.७५ प्रतिशत) र आंशिकतर्फ ३६ हजार ४२० जना (४२.३८ प्रतिशत) गरी कुल २ लाख ६८ हजार १९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गर्न सफल भएका छन्।

    यसैबीच, परीक्षामा अनियमितता तथा अमर्यादित कार्य गरेको ठहरिएका ४० जना परीक्षार्थीमाथि बोर्डले कडा कारबाही गरेको छ। कारबाहीमा परेकामध्ये ३८ जना परीक्षार्थीको चालु खण्डका सबै विषयको परीक्षा रद्द गरिएको छ। बाँकी २ जना परीक्षार्थीको भने यो वर्षको परीक्षा रद्द गर्नुका साथै आगामी एक वर्षसम्म बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको परीक्षा बोर्डले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij