मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

दोहामा अमेरिका-इरान अप्रत्यक्ष वार्ता, यस्ता छन् छलफलका विषय

  • प्रकाशित मिति : बिहिबार, असार १८, २०८३



  • काठमाडौँ । मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र इरानका अधिकारीबीच कतारको राजधानी दोहामा अप्रत्यक्ष वार्ता सम्पन्न भएको छ । बुधबार कतार र पाकिस्तानका मध्यस्थकर्ताको उपस्थितिमा  अमेरिका र इरानका प्रतिनिधिले प्राविधिक स्तरको अप्रत्यक्ष छलफल गरेका हुन्।

    एक कूटनीतिज्ञका अनुसार दोहा वार्ता हालै स्विट्जरल्याण्डको लेक लुसर्नमा भएको छलफलबाट प्राप्त प्रगति र दुवै पक्षले जुन महिनामा स्वीकृत गरेको वार्ता ढाँचामा आधारित रहेको छ।

    अमेरिकी प्रतिनिधि जारेड कुशनर र स्टीभ विटकफले मङ्गलबार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग भेटवार्ता गरे पनि प्राविधिक छलफलमा सहभागी नरहेको बताइएको छ।

    अमेरिका र इरान दुवैले कतारमा हुने छलफलका लागि आफ्ना प्रतिनिधि पठाउने यसअघि नै बताएका थिए। कतार र पाकिस्तानको मध्यस्थतामा तयार भएको समझदारी पत्रमा फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल आक्रमणपछि जारी युद्धका विषयमा ६० दिने युद्ध विराम, ‘स्टे«ट अफ हर्मुज’पुनः सञ्चालन तथा युद्ध अन्त्य र इरानको आणविक कार्यक्रमसम्बन्धी अन्तिम सम्झौताका लागि समयसीमा निर्धारण गरिएको उल्लेख छ।

    इरानले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि उल्लेख गरेजस्तो प्रत्यक्ष वार्ता हुने दाबी अस्वीकार गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाएईले उपविदेशमन्त्री काजेम घरिबादीको नेतृत्वमा प्रतिनिधिमण्डल दोहा जाने पुष्टि गर्दै अमेरिकी पक्षसँग प्रत्यक्ष वार्ताको योजना नरहेको बताए ।

    कतारको विदेश मन्त्रालयले पनि अमेरिकी प्रतिनिधि कुशनर र विटकफले प्रधानमन्त्री अल थानीसँग भेट गरी अमेरिका–इरानबीच जारी वार्ता तथा लेबनानको पछिल्लो अवस्थाबारे छलफल गरेको जनाएको छ। संवेदनशील विषय भएकाले ती कूटनीतिज्ञले आफ्नो नाम सार्वजनिक गर्न नचाहेको जनाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Tudi drobna količina limonine lupinice lahko spremeni okus jedi, če jo uporabimo premišljeno. Pri zdravih receptih zato štejejo majhne podrobnosti, ki jih je vredno podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Se sprašujete, kako pripraviti okusen in zdrav obrok brez zapletenih postopkov? Poskusite s preprostimi recepti iz svežih sestavin.