मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

  आजको राशिफल

  • प्रकाशित मिति : आइतवार, साउन ३, २०८३



  • मेष: सोचेको काम नबन्दा मन दुखी हुनेछ। शिक्षा र व्यापारमा घाटा लाग्ने देखिन्छ। यद्यपि, राजनीतिमा लगानी गर्दा फाइदा हुनेछ। परिवारमा भने केही मनमुटाव हुन सक्छ।

    वृष: आज पराक्रम बढ्नेछ। आफ्नो भाग्य आफैले बनाउनुपर्ने दिन भएकाले महत्त्वपूर्ण निर्णय गर्दा सचेत हुनुहोला। वैदेशिक रोजगारीमा आकर्षण बढ्नेछ भने लगानीबाट फाइदा मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने योग छ।

    मिथुन: दिन सामान्य राम्रो छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ र स्वास्थ्यले पनि साथ दिनेछ। धन आर्जन गर्ने समय रहेको हुँदा साथीभाइ दाहिना रहनेछन्। आज पश्चिम दिशाको यात्रा नगर्नु राम्रो हुनेछ।

    कर्कट: दिन निकै राम्रो छ। आम्दानीका नयाँ स्रोतहरू खुल्दै जानेछन्। भूमि सम्बन्धी कारोबारमा विशेष फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ तर राजनीतिमा भने केही संकट देखिन्छ।

    सिंह: सानातिना कुराले मनमा झन्झट आउन सक्छ। बोली र व्यवहारमा एकरूपता ल्याउनु आवश्यक छ। राजनीति र शिक्षा क्षेत्रमा भने राम्रो हुनुका साथै आज मानसम्मान मिल्ने दिन छ।

    कन्या: पारिवारिक मेलमिलाप हुनेछ र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। विज्ञको सल्लाहमा गरेका कामहरूमा सफलता मिल्नेछ।

    तुला: आज तपाईंको कला र गलाको प्रदर्शनी गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा लाभ हुनुका साथै राजनीतिक क्षेत्रमा सेवाको अवसर पाइनेछ। परिवारमा घुलमिल हुने र सँगै रमाइलो गर्ने समय छ।

    वृश्चिक: दिन राम्रो छ। शिक्षा क्षेत्रमा गरेको प्रयासले मन हलुको र प्रसन्न हुनेछ। परिवारको सल्लाह लिएर मात्र काम अघि बढाउनुहोला। रमाइलो भेटघाट हुनुका साथै राजनीतिमा सेवाको अवसर मिल्नेछ।

    धनु: मनमा केही उथलपुथल हुन सक्छ। हरेक क्षेत्रमा बढी मिहिनेत गर्नुपर्ने दिन छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। आज कम बोल्दा बढी फाइदा होला।

    मकर: दिन सामान्य रूपमा राम्रो छ। शत्रुहरू बढ्न सक्छन्, सजग रहनुहोला। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ भने स्वास्थ्यमा सुधार आउनेछ। राजनीतिमा पहुँच बढ्नुका साथै परिवारमा मेलमिलाप हुनेछ।

    कुम्भ: दिन सामान्य राम्रो छ। अनावश्यक खर्च बढ्दा मन दुखी हुन सक्छ। धार्मिक कार्यमा सहभागी हुन सके भाग्यको उदय हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहे पनि आज यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोला।

    मीन: आज जोगिएर काम गर्नुपर्ने दिन छ। दाजुभाइ वा भगिनी संस्थासँग गरेको लगानीले फाइदा दिलाउनेछ। स्वास्थ्यमा केही समस्या आउन सक्छ। साना कुराले परिवारमा मनमुटाव हुन सक्ने भएकाले थोरै बोलेर अघि बढ्नु बुद्धिमानी हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Tudi drobna količina limonine lupinice lahko spremeni okus jedi, če jo uporabimo premišljeno. Pri zdravih receptih zato štejejo majhne podrobnosti, ki jih je vredno podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Se sprašujete, kako pripraviti okusen in zdrav obrok brez zapletenih postopkov? Poskusite s preprostimi recepti iz svežih sestavin.